सन्धिखर्कमा सम्पन्न भलिबल प्रतियोगितामा शितगंगा प्रथम बन्यो

सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्कमा जारी स्वागीय प्रकाश स्मृतिकप भलिबल प्रतियोतिको उपाधि सितगंगा नगरपालिकाले जितेको छ । आज पाणिनी गाउँपालिकालाई हराउँदै सितगंगा नगरपालिकाले उपाधी हात पार्दै प्रथम भएको छ।
यस्तै उपविजेता बन्दै पाणिनी गाउँपालिका दोश्रो भएको छ। आजै भएको अर्को खेलमा सन्धिखर्क नगरपालिकालाई पराजित गर्दै छत्रदेव गाउँपालिका तेस्रो भएको जनाएको छ।
प्रतियोगितामा क्रमश प्रथम ५०हजार,दोश्रो ३० हजार र तेस्रो हुने टिमलाई २०हजार मेडल,प्रमाणपत्र समेत नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल,शितगंगा नगरपालिका नगर प्रमुख छविलाल पौडेल लगायतको सहभागितामा पुरस्कार प्रदान गरिएको हो।
प्रतियोगितामा ६वटै पालिकाका खेलाडीहरुको सहभागिता रहेको थियो।कार्यक्रममा मन्जरी युवा क्लब सन्धिखर्क २ले पनि आयोजकको भुमिका रहेको थियो।
कमेन्ट गर्नुहोस !