श्रमिकहरुको अधिकार सुनिश्चित गर्न सबै पक्ष लाग्नु पर्छःमन्त्री राणा

लुम्बिनी ।लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री रोज राणाले श्रमिकहरुको अधिकार सुनिश्चित गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताएका छन । अन्तर्राष्ट्रिय विश्व मजदुर दिवस को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै श्रमिकहरुको अधिकार सुनिश्चित गर्न का लागि आफू र आफुले नेतृत्व गरेको मन्त्रालय जिम्मेवार ढंगले अगाडि बढने बताएका हुन ।
प्रत्येक वर्ष मे १ तारिखमा मनाइने विश्व मजदुर दिवस श्रमिकको पेशागत मर्यादा, सम्मान र अधिकारको प्रत्याभूति गराउने दिवसको रूपमा स्थापित भएको बताउदै मन्त्री राणाले विश्वभरिका श्रमिकहरूलाई हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताबद्ध गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको राणाको सचिवालयले जनाएको छ ।
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारी र श्रमको अधिकार सुनिश्चित गर्नुका साथै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई सुनिश्चित गरेको राणाको भनाइ छ ।
कमेन्ट गर्नुहोस !