भारतमा आतंकवादी आक्रमणमा १ नेपाली सहित २६ को मृत्यु

काठमाडौं । भारतको जम्मु कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा १ नेपालीसहित २६ जनाको मृत्यु भएको छ । केही वर्षयता नागरिकमाथिको यो ठुलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन् । हिजो दिउँसो भएको आक्रमणमा ज्यान गुमाउनेहरू सबैजसो पर्यटक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशीमध्ये एक नेपाली र एक यूएईका नागरिक रहेका प्रारम्भिक विवरण छ । पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतङ्ककारी समूहले आक्रमण गर्दा कम्तीमा ३० जनाभन्दा धेरै घाइते छन् ।
पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो । मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन । पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरूले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ ।गोली लागेका घाइतेहरूको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।
कमेन्ट गर्नुहोस !