मालारानीमा जीप दुर्घटना २ को मृत्यु,२ घाइते

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३मा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।दुर्घटनामा चालक दिलिप खनाल र स्थानीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।


लुटिपोखरी–खनदह भित्री सडकमा दुर्घटनामा मृत्यु भएका दुबै जना को घर मालारानी ४ मा पर्दछ । लुटीपोखरी देखि खनदह तर्फ जादै गरेको लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई बाटो देखि करिव २सय५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णु प्रसाद पौडे्लले जानकारी दिनुभयो ।
दुर्घटनामा मालारानी ४ का भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारकागी बुटवल रिफर गरिएको प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले बताउनुभएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close