जनताको गुनासो सुन्न महिना महिना गाउँमा पुग्छनः मन्त्री राणा

सुर्य प्रसाद भुसाल ,अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकार का शहरी बिकास खानेपानी मन्त्री सरोज थापा (रोज राणा ) जनताको गुनासो सुन्न गाउँ टोल घुमफिरमा ब्यस्त छन् । उनी लुम्बिनी प्रदेश सरकारका योजना तथा कार्यक्रम हरु अनुगमन गर्दै जनताको गुनासो सुन्न गाउँमा पुग्ने गरेका हुन । मन्त्री राणाले प्रदेश सरकारले जनताका लागि दिएको विकासे बजेट सहिठाउमा प्रयोग भएनभएको हेर्न र जनताका कुरा सुन्न बिकाशको अवस्थालाइ बुझ्न बिकास निर्माणका काम प्रभावकारी र सुशासनयुक्त बनाउन जनता लाई सचेत बनाउन प्रदेशका विभिन्न ठाउहरुमा अनुगमन गर्ने गरेका छन ।
मन्त्री राणाले सरकारी काममा हुने ढिलासुस्ती, विकासमा हुने मनपरी तन्त्र र बिकृति देखिएको खण्डमा सिँधै आफुलाई टेलिफोन गरेर जानकारी दिन जनतालाई सचेत गराउदै आएका छन । मन्त्री राणा भन्छन लुम्बिनी प्रदेश सरकार विकासका कामहरु सुशासन र पादर्शिता हुनुपर्नेमा जोड दिँदै आएको ले सोही अनुसार काम गर्न मैले मेरो मातहतका कर्मचारी लाई निर्देशन दिदै आएको छु । विकास का कामहरु गर्दा कमसल सामाग्री प्रयोग गरेको तथा नागरिक ले गुनासो गरेको पाईएमा त्यसको जिम्मेवारी कर्मचारी ले लिनु पर्छ ।
प्रदेश सरकारका योजना तथा आयोजना को स्थलगत अनुगमन गर्दै गाउँमा पुगेका मन्त्री राणाले गुणस्तरहिन काम लुम्बिनी प्रदेश सरकारलाई स्वीकार्य नहुने चेतावनी दिए ।

शहरी बिकाश तथा खानेपानी मन्त्रालयले गरेका कामहरु को कपिलवस्तु का विभिन्न ठाउमा बुधबार अनुगमन निरिक्षण गर्दै मन्त्री राणाले प्रभावकारी बिकास निर्माणका काम गर्न कर्मचारी लाई निर्देशन दिए ।
अनुगमनका क्रममा गाउँ पुगेका मन्त्री राणा सग स्थानीय नागरिक ले लुम्बिनी प्रदेश सरकार विकासमैत्री हुनुपर्ने, जनताका आवश्यकता परिपुर्तिमा केन्द्रित हुनुपर्ने बजेट बिनियोजन गर्दा खुद्रे बजेट बिनियोजन गर्न नहुने लगाएतका काम गर्न सुझाब दिने गरेका छन ।
मन्त्री राणाले पर्यटकले मनपराउने कृषि खेती लाई प्राथमिकता दिदै अर्गानिक रैथाने तरकारी उत्पादन गरि लुम्बिनी आएका पर्यटकहरु लाई १२ जिल्ला घुमाउने गरि महत्त्वपूर्ण गुरुयोजना अनुसार सरकार अगाडि बढेको बताउछन । स्थानीय नागरिक ले यहाँका पर्यटकिय ठाउहरुमा बाहिरि पर्यटक ल्याउनका लागि सरकारले सहयोग गरेमा आर्थिक रुपमा समृद्धि ल्याउन सहयोग पुग्ने माग गरेका थिए । सडकको यात्रा सहज भएमा गाउँमा उत्पादित वस्तु निर्यात गर्न सजिलो हुने भन्दै स्थानीयले सडक कालोपत्रे गर्न बाकि रहेका सडक खाल्डाखुल्डी भएका सडक बनाउन प्रदेश सरकारलाई माग गरेका थिए ।

प्रदेश सरकारले भौतिक संरचना खानेपानी भबन सडक लाई अहिले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राणाले सुनाए । राणाको पहलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा महत्त्वपूर्ण दिर्घकालिन योजना खानेपानी का योजना हरु अहिले अगाडि बढिरहेका छन भइरहेका छन् । राणाको पहलमा प्युठान मा ठुलाठुला बिकाशका योजना अगाडि बढेका छन ।

नेपालको संविधानले सुरक्षित र स्वच्छ खानेपानीलाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको उल्लेख गर्दै मन्त्री राणाले खानेपानी मन्त्रालय तथा सम्बन्धित निकायहरू विगत लामो समयदेखि प्रदेशका नागरिकहरूलाई गुणस्तरीय खानेपानी सेवा प्रवाह गर्न निरन्तर प्रयत्नशील रहेको ले खानेपानीको समस्या पुर्ण रुपमा समधान गर्ने मन्त्री राणाले जनताको बिचमा प्रतिबद्धता ब्यक्त गरेको अनुगमन मा सहभागी स्वकीय सचिब महेन्द्र केसिले जानकारी दिए ।
उनी भन्छन प्रदेश सरकारको दीर्घकालीन लक्ष्य ‘सबैका लागि स्वच्छ खानेपानी’ भन्ने प्रतिबद्धता हो सिङ्गो सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढिरहेको छ।’ स्थानीय समुदायको जीवनस्तरमा वृद्धि गर्ने तथा दिगो विकास लक्ष्य अन्तर्गत ‘स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता’ लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउने मन्त्रालयको नीति निरन्तर अघि बढिरहेको मन्त्री राणाको दाबि छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close