अर्घाखाँचीमा कोरियन प्रवृधिको निःशुल्क थेरापी सेवा संचालन

सागर महत ,सन्धिखर्क ।
विगेन नेपालले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कोरियन प्रवृधिको निःशुल्क थेरापी सेवा संचालनमा ल्याएको छ ।

हाड जोर्नी, नसा च्यापिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावारी समस्याबाट पीडितहरूलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।अर्घाखाँची शाखा संचालक प्रेमराज श्रेष्ठले बताउनुभयो ।

विगेन नेपालले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा शरीरका विभिन्न अङ्गहरूको प्रभावकारी उपचार प्रदान गर्दै आएको छ ।

११ वर्ष अघि संचालनमा आएको यो संस्थाले अहिले देशका ८० स्थानबाट सेवा प्रवाह गर्दै आएको श्रेष्ठको भनाइ छ ।

अर्घाखाँचीमा संचालनमा आएको करिव २ महिनामा २ सय जनाले सेवा लिन आइसकेका छन । यो बढने क्रममा छ,ति मध्ये कि सन्धिखर्क नगरपालिका वडा नम्बर २ कि रेखा भुसाल ढाडको समस्याले बुटवलमा चेकजाँच गर्ने क्रममा डाक्टर अप्रेसन गर्न भनेकोमा अप्रेसन नगरि यो सेवा लिएको २५ दिनमा धेरै सुधार भएको बताउनुभयो ।

कोरियन थेरापी प्राकृतिक उपचारको अवधारणामा आधारित चिकित्सा विधि हो। यसले शरीरको रक्तसञ्चार सुधार गर्ने, मांसपेशीको तनाव कम गर्ने, शरीरलाई पुनर्जीवित गर्ने, र शरीरभित्रको ऊर्जा प्रवाह सन्तुलन गर्ने उद्देश्य राखेको छ ।यि यस्ता सेवा दिर्घकालीन सम्म संचालन गरेमा नागरिकलाई सहज हुने छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close