सुविधा सम्पन्न भवन नभएपनि कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै अर्घाखाँची अस्पताल दोस्रो बन्यो

अर्घाखाँची ।अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरेपछी दोस्रो हुन सफल भएको छ ।न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम (एमएसएस) अन्तर्गत अर्घाखाँची अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा गर्न प्रदेशबाट आएको विज्ञहरूको टोलिले अस्पताल प्रदेशमै दोश्रो स्थान प्राप्त गरेको घोषणा गरेको हो ।
प्रदेशका १३ अस्पताल अनुगमन मुल्यांकन गर्दा अर्घाखाँची अस्पतालले ९४ अङ्क प्राप्त गरेको छ भने मुल्यांकनमा बर्दिया अस्पताल ९७ अङ्क प्राप्त गरि पहिलो स्थानमा छ ।
अस्पताललाई उचाईमा पुर्याउन महत्त्वपूर्ण भूमिका प्रति अस्पताल प्रमुख डाक्टर जगन्नाथ.तिवारीले सम्पूर्ण स्वास्थ्यकर्मि ,कर्मचारीहरू साथै निक्स साईमन संस्थालाई बधाई तथा धन्यवाद ब्यक्त गर्नु भएको छ। उहाँले स्वास्थ्य कर्मिलाई मुस्कान सहितको सेवा प्रदान समेत आग्रह गर्नु भयो ।
अस्पतालले ५० शैयाको मान्यता पाएपनि १५ शैयाबाट सेवा दिइरहेको छ । चुनावी नारामा सुविधा सम्पन्न भवन बनाउने नारा लिएपनि यहाँ अहिले सम्म भवन बन्न सकेको छैन ।अर्घाखाँची अस्पताल
कमेन्ट गर्नुहोस !