एउटा बाघको सन्देश

मोहन राज काफ्ले वन तथा वातावरण मन्त्रालय लुम्विनी प्रदेश प्रकृतिको सुन्दर अनि अनुपम रचना हुँ म वन जंगल नै घर हो मेरो जंगलभित्रै रम्छु मेरो आफ्नै घेरा भित्र घुम्दै फिर्दै वस्छु कसैको भर पर्दिन, मेरो वन्दोवस्त म आफैं गर्छु जंगल वाहिर घर घर डुल्ने मेरो वानी हैन आफ्नो घेरा वाहिर गई दु:ख दिने छैन ।

हो तिमीहरुले मलाई वुझ्न नसकेको पक्कै हो मलाई उग्र हुन वाध्य पार्ने तिमीहरु नै हो म हत्तपत्त मान्छे तिमीलाई खान चाहँदिन शिकार खोजी खोजी म जंगल वाहिर जाँदिन मैले त वनजंगल भित्रकै सन्तुलन राख्नु छ शान्त अनि विशाल मेरो छविलाई उच्च राख्नु छ ।

बुढो भएर मैले शिकार गर्न नसकेका वेला अनेक कोशिष गर्दा पनि आहारा नमिलेका वेला मेरा लालावालाको साथ अनि प्रियसीसंग रमाएको वेला म नै भ्रममा पर्ने गरी एक्लै दुक्लै मेरो नजिक आएको वेला मेरो बासमा आउँदा तिमीहरु मेरो नजरमा पर्न सक्छौ मैले नचाहँदा नचाहँदै पनि अनाहकमा स्वर्ग तर्न सक्छौ ।

हो मेरो संरक्षणमा पनि तिमीहरु खटेका छौ पर्या पर्यटनका लागि नि त मेरो नाम रटेका छौ कहाँ कहाँ कति छौं हामी भन्दै गन्ती गरेका छौ कहिले बाघ दिवस कहिले सम्मेलन भनेका छौ कहिले इकोसिस्टमको वाहक त कहिले शत्रु ठानेका छौ के राम्रो के नराम्रो मेरा बारे धेरै जानेका छौ ।

आज विश्वले मेरो गाथा गाउँदै दिवस मनाउँदैछ आवश्यक ठानेरै त होला मेरो महत्व जगाउँदैछ चाहेरै पनि कहाँ मन पर्न सकिन्छ र सवैसंग मलाई जस्तो ठानेपनि गुनासो छैन कसैसंग मेरो घर हो वन जंगल यसलाई वस्न लायक गराइदेऊ तिमी हामी सहअस्तित्वमा जुनी जुनी बाँच्ने संसार वनाईदेऊ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close