धारापानीका अग्नी पीडितलाई १० लाख बढि रकम हस्तान्तरण

गोपाल भट्टराई,अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान–३ र ४ धारापानीका अग्निपीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।वडास्तरिय अग्निपीडित सहयोग समितिको कोषमा विभिन्न सहयोगीदाताहरुबाट सङ्कलन भएको १० लाख १२ हजार ६ सय ८८ रुपैयाँ रकम सोमबार एक कार्यक्रमका बिच २९ घर परिवारलाई भूमिकास्थान नगरप्रमुख झविलाल थापाद्धारा हस्तान्तरण गरिएको हो।
उक्त सहयोग रकम मध्ये आगलागीबाट पूर्णरुपमा घर गुमाएका कृष्णा ओलीलाई ६७ हजार ५ सय, मनिराम भुसाल ६६ हजार, बसन्ता मल्ललाई ६१ हजार ५ सय, देवी आलेलाई ६१ हजार ५ सय, दिउरी भुसाल, ऋषीराम भुसाल, रामजी भुसाल, झविलाल भुसाललाई जनही ६० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
आगलागीबाट वाल सहितको थारो र १ वटा पल्सर मोटरसाइकल गुमाउनुभएका यज्ञ प्रसाद भुसाललाई ५० हजार, गंग बहादुर वि।क।लाई ४५ हजार, नरिश्वर भुसाललाई ३९ हजार, तिलक भुसाललाई ३५ हजार प्रदान गरिएको छ ।यस्तै आगलागीबाट थारो गुमाउने बिष्णु घम, टिका भुसाल, रामु भुसाल, राजु भुसाल, डोल प्रसाद भुसाल र सिता विक ले क्रमश ३० हजारका दरले राहत प्राप्त गर्नुभएको छ।
त्यस्तै पुष्पा भुसाललाई २७ हजार, दुर्गा विक २० हजार, शान्ता परियार १९ हजार ५ सय, र हुमकला भुसाललाई १७ हजार ५ सय रुपैंया हस्तान्तरण गरिएको छ ।
यस्तै पदम प्रसाद भुसाल, गंगा बहादुर भुसाल, शोभाखर बन्जाडे र भरत बन्जाडेलाई जनहि १५ हजार बितरण गरिएको छ ।
त्यस्तै भुपलाल भुसाललाई ७ हजार, शिवलाल भुसाल र पूर्ण बहादुर वि।क।लाई ५/५ हजार रुपैंया हस्तान्तरण गरिएको वडाध्यक्ष एवम् राहत संकलन÷बितरण समितिका संयोजक कृष्ण प्रसाद बन्जाडेले जानकारी दिनुभएको छ ।
राहत बितरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बिपद्को सामना गर्नु भन्दा घटना हुनै नदिने गरि पूर्व तयारी गर्नु आजको आवस्यकता रहेको बताउनुभएको छ । त्यसको लागि आगामी हिउँदको याममा सामुदायिक वन र सरोकारवालासंग समन्वय गरि वनपाखामा रहेका पात÷पतिङ्गर, घुस्हन र झाडी सोहोर्ने योजनामा नगरपालिका रहेको उहाँको भनाई छ ।
कमेन्ट गर्नुहोस !