टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश

काठमाण्डौ । अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।अफगानिस्ताले दिएको ५७ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ ओभर ५ बलमा एक विकेट मात्र गुमाएर भेट्टायो ।
यसअघि त्रिनिदादको ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११ ओभर ५ बलमा ५६ रनमा अलआउट भयो ।दक्षिण अफ्रिका सुपर–आठको समूह ुदुईु बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो ।
कमेन्ट गर्नुहोस !