अपडेटः अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

सागर महत,सन्धिखर्क।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुर सिमलचौरमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन ।
आज दिउँसो घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४० वर्षिय सारदा अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए। ढिस्कोले पुरिएर गम्भिर घाइते भएकी अधिकारीको उपचारको क्रममा प्राथामिक स्वास्थ्य चौकी ठाडामा मृत्यु भएको उनले बताए ।
यस्तै ३८ वर्षिय राधा अधिकारी गम्भिर घाईते भएकी छन। उनलाई थप उपचारको लागि भैरहवा पठाएको प्रहरी निरिक्षक घर्ती मगरले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !