अर्घाखाँचीको सन्धिखर्क र अर्घातोषमा गाईजात्रा पर्व मनाइयो

सन्धिखर्क । नेवार समुदायको मुख्य पर्व गाईजात्रा अर्घाखाँचीमा पनि मनाइएको छ । नेपालमा प्रताप मल्लको पालादेखि चलनमा आएको मान्यता रहेको गाईजात्रा पर्व सन्धिखर्क नगरपालिका वडा नम्बर १र छत्रदेव गाउँपालिकाको वडा नम्बर ८ अर्घातोषमा नेवार समूदायले मनाएका हुन ।

नेवारी समुदायले मृत आत्माको चिरशान्तिको कामना गर्दै विभिन्न भेषभुषा धारण गरी मनाइने गरिन्छ । सोही अनुरुप सामूहिक रुपमा गाइजात्रा मनाइएको बताएको छ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close