अर्घाखाँचीका अतिरिक्त हुलाक कर्मचारी रोजगार ग्यारेन्टीको माग राख्दै आन्दोलीत

सन्धिखर्क ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारीहरुले आज पनि सन्धिखर्कमा प्रदर्शन गरेका छन् ।जेठ १८ गतेदेखि कार्यालय बन्द गरेर विभिन्न माग राख्दै आएका उनीहरुले सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि कर्मचारीले बिरोध स्वरुप बिरोध प्रदर्शन गरेका हुन् ।
जिल्लाभरमा रहेका २९ वटा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरुको छाता संस्था अतिरिक्त हुलाक कर्मचारी एशोसियसन अर्घाखाँँचीको आयोजनामा सन्धिखर्क शान्ति बंगैचाबाट नाराजुलुस र प्लेकार्ड सहित जिल्ला हुलाक सम्म प्रदर्शन गर्दै आफुहरुको रोजगार ग्यारेन्टी गर्न माग गरेका छन् ।
यस्तै भोली असार ६ गतेदेखि ९ गतेसम्म हुलाकमा धर्ना दिने,असार १० गतेसम्म पनि माग पुरा नभए देशभरका जिल्ला हुलाक र इलाका हुलाक कार्यालय बन्द गराउने र त्यसपछिपनि माग सम्बोधन नभए काठमाडौं केन्द्रित आन्दोलन गर्ने उनिहरुको चेतावनी छ ।
कमेन्ट गर्नुहोस !