नेपाल निजामती कर्माचारी संगठन अर्घाखाँचीद्वारा भित्तेपात्रो बिमोचन

सन्धिखर्क ।नेपाल निजामती कर्माचारी संगठन अर्घाखाँचीको आयोजनामा आउँदै गरेको नयाँ वर्ष २०८० सालको भित्तेपात्रो बिमोचन गरिएको छ ।पात्रोको प्रतिनिधि सभा सदस्य सुर्य थापाले ब्यानर बाचन गरेर बिमोचन गर्नुभएको हो।
कार्यक्रममा मन्तव्य राख्दै थापाले कर्मचारीको हक हितको लागि संघीय विधेयक छिटो टुंगो लगाउनेको लागि प्रतिबद्ध भएर अगाडी बढने बताउनुभयो।उहाँले कर्मचारी जहिले पनि जनता प्रती उत्तरदायी भएर काम गर्नु पर्ने विषयमा समेत जोड दिनुभयो।

यस्तै जिल्लामा अन्य संगठनको तुलनामा नेपाल निजामती कर्माचारी संगठनले  रचनात्मक काम गरेकोमा आगामी दिनमा पनि यसै गरी गतिविधिलाई निरन्तरता दिन लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले आग्रह गर्नुभयो ।


जिल्ला समन्वय अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल ,नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल,नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य दिलिप कुमार केसी,आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्मा,नेपाल निजामती कर्मचारी युनियनका जिल्ला सचिव अर्जुन रेग्मी,पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रुद्रमणी भुसाल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो।

नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीको अध्यक्षता जिल्ला उपाध्यक्ष तुल्सा श्रेष्ठको स्वागत मन्तब्य सचिव पशुपति खनालको संचालनमा सम्पन्न भएको हो।यस्तै कार्यक्रममा नेपाल निजामती कर्माचारी संगठनका विभिन्न पदमा रहेर काम गरेका र हाल सेवा निवृती भएका कर्मचारी नगेन्द्र नेपाल,जिवनारायण आचार्य र अनिता भुसाल लाई दोसला ओढाइ प्रमाण पत्र सहित संगठनको तर्फबाट सम्मान गरिएको  अध्यक्ष गणेश भण्डारी बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close