आज विश्व रेडियो दिवस

काठमाडौ । आज दशौं विश्व रेडियो दिवस ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित मनाइँदै छ ।संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । २०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउने कानुन बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथा प्रसारण सुरु भयो। अहिले भने देशका विभिन्न ठाउँमा खोलिएका रेडियोको संख्या हजारौँ पुगिसकेका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close