सन्धिखर्कमा अवैध १४ सय चल्ला नष्ट

अर्घाखाँची ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध लेयर्स चल्ला नष्ट गरेको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ बसपार्कमा अवैध रुपमा लेयर्स कुखुराका चल्लाहरू बिक्रि बितरण गरेको भेटिएपछि १४ सय चल्ला नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै चल्ला भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र अर्घाखाँचीका प्राबिधिक सहितको टोलिले नष्ट गरिएको जनाईएको छ ।चल्ला बिक्री वितरण गर्ने चार जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताईएको छ ।
कमेन्ट गर्नुहोस !