आजदेखि म्यादी प्रहरीमा भर्ना खुल्यो

काठमाण्डौ ।वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्यादी प्रहरीको भर्ना आजदेखि खुलेको छ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।भर्ना आजदेखि ११ गतेसम्म गरिने छ ।स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ ।
कमेन्ट गर्नुहोस !