सन्धिखर्कमा तेस्रो उपमेयर क्रिकेट कप सुरु

अर्घाखाँची ।सन्धिखर्क नगरपालिका द्वारा आयोजित तेस्रो उपमेयर क्रिकेट कप सुक्रबार देखि सन्धिखर्कमा सुरु भएको छ । खेलको एक कार्यक्रमका बिच नगर प्रमुख नगर प्रमुख कमल प्रसाद भुसालले ब्यानर वाचन र ब्याटिङ्ग गरेर उद्घाटन गर्नुभएको हो ।
उदघाटन कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख भुसालले नगरपालिकाले राष्ट्रिय स्तरका खेलाडी उत्पादन देखि खेल क्षेत्रमा खेलाडीको आवश्यकता अनुसार बजेट छुट्टाएर काम गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत नारायण अर्याल लगायको सहभागीता रहेको खेलमा नगरपालिका भित्रका १२ वटा वडाका विभिन्न टिमको सहभागीता रहेको छ ।कार्यक्रम नगर उप प्रमुख ठाकुर कुमार बिकको अध्यक्षता , नगर प्रवक्ता लिला गौतमको स्वागत मन्तव्य ,विशाल महतको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !