पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई अर्घाखाँचीमा स्वागत

अर्घाखाँची ।जिल्ला खेलकुद बिकाश समिति अर्घाखाँची र क्रिकेट संघ अर्घाखाँचीले आज पुर्व राष्ट्रिय खेलाडी शक्ति गौचनलाइ स्वागत गरेको छ ।आफ्नो बाबुको १४ औं स्मृति मा उहाँले लुम्बिनी प्रदेशभरिका जिल्लाहरु बाट १६ बर्ष मुनिका खेलाडी लाई छनोट गरि खेल खेलाउने योजना स्वरुप उहाँ अर्घाखाँची आउनु भएक हो ।जिल्लाका उत्कृष्ट क्रिकेट खेलाडी लाई आज देखि छनोट गर्ने कार्यक्रम रहेको थियो । जिल्लाका छ वटा पालिकाबाट क्रिकेट खेलाडीहरु सन्धिखर्क आएका थिए ।
छनोट भएका खेलाडी भैरहवामा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बि क ,सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष युबराज बन्जाडे लगायतले मन्तव्य राख्नु भएको कर्यक्रमको सन्चालन जनक गैरेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस !