भ्रष्टाचार रोकथामको लागि एकजुट हुन आवश्यक छःअर्घाखाँचीका सरोकारवालाको भनाइ

अर्घाखाँची ।सुशासन र जवाफदेहितामा केन्द्रित रहेर काम गरेमा मात्र जनमुखी कामको अनुभुती हुने,सक्ने सरोकारवालाले बताएका छन ।पछिल्लो समय देशमा भ्रष्टाचार बढ्दो क्रममा रहेकाले यसको रोकथामको लागि तल्लो तह अर्थात स्थानीय तहबाट सुरु गरि यो अभियान लाई निरन्तर दिनको लागि आवश्यक भएकाले अर्घाखाँचीका सरोकारवालाहरुले यसको रोकथामको लागि जोडदार माग राख्न तयार रहेको भनाई राखेका छन। कुनै पनि पनि व्यक्ति सेवा प्राप्तको लागि विभिन्न कार्यालमा पुग्छ भने सेवा प्रदान गर्नको लागि कुनै प्रकारको ढिला सुस्ती नगर्नु अहिलेको आवश्यकता रहेको बताइएको छ । जसअन्तर्गत भ्रष्टाचार बिरूद्द अन्तराष्ट्रिय दिवशको अवशरमा सुशासन प्रबद्र्धनमा नागरिक समाजको भूमिका बिषयक अन्तरकृया कार्यक्रममा यस्तो प्रतिक्रिया सरोकारवाला बाट आएको हो ।कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उप्रमुख ठाकुर कुमार बि.क(किशोर) प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे,सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सुशासन प्रर्बद्धनमा नागरिक समाजको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्री, पत्रकार महासंघका पूर्व अध्यक्ष अध्यक्ष हिम जि.सी लेकाली, सम्पुर्ण कार्यालका सु्चना अधिकारी लगायतको सहभागीता रहेको कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीको शाखाको आयोजना, एकीकृत ग्रामीण विकास समाज तथा सुशासन प्रबद्र्धनका लागि जिल्ला स्तरीय सञ्जालको सहयोग तथा समन्वयमा सम्पन्न भएको कार्यक्रम पत्रकार महासंघका अध्यक्ष अशोक खनालको अध्यक्षता, सचिव बिनोद गैरेको सञ्चालन र सह सचिव हृदयकुमार भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

May be an image of 11 people, people sitting, people standing and indoor

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close