सक्षम परियोजनाद्वारा पाणिनि गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान

सागर महत/ अर्घाखाँची ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँची शाखाको आयोजना तथा सिबिएमको आर्थिक सहयोगमा पाणिनि गाउँपालिका लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।जसमध्ये अक्सिजन सिलिन्डर २ थान , इसीजी मेसिन १ थान,मेडिकल बेड २ थान,सेनेटाइजर ५ लिटर एक कार्यक्रमका बिच गाउँपालिका लाई हस्तान्तरण गरिएको हो ।कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले संस्थाले पालिकामा स्वास्थ्य सामग्री सहयोग मात्र नभइ पालिका भित्र रहेका शारिरिक अपाङ्गता भएका बालबालिका लाई उपचार पछि नयाँ जिवन दिन टेवा पुराएकोमा संस्था लाई धन्यवाद दिनुभएको थियो ।

परियोजना संयोजक हिरा बहादुर के.सी का अनुसार जिल्लामा संस्थाले करिव ५ वर्षको अवधिमा १८ वर्ष भन्दा मुनिका करिव ५ सय शारिरिक अपाङ्गता भएका बालबालिका लाई उपचार संगै पालिका संग अनिहरुको अधिकारको लागि काम गदै आएकोमा अव परियोजनाको अवधि सकिन लागेकाले स्थानीयतहले त्यसलाई बचाइ राख्न संग अधिकारको लागि काम गर्ने समय आएको बताउनुभयो ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरे,स्वास्थ्य शाखा प्रमुख राम प्रसाद घिमिरे,रुपन्देही परियोजना सुपरभाइजर लेखनाथ आचार्य, परियोजना सहायक अर्घाखाँची नारायण खनाल लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन परियोजना अर्घाखाँचीका सुपरभाइजर सुमन ढुंगानाको संचानमा सम्पन्न भएको हो ।

May be an image of 6 people and people standing

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close