बल्कोट सेवा समाज युएईद्वारा छत्रदेव ३ र ४ का मठमन्दिरमा ६९ थान खुडा सहयोग

अर्घाखाँची । अर्घाखाँचीको बल्कोट सेवा समाज युएईले गाउँठाउका मठमन्दिरमा सहयोग प्रदान गरेको छ । समाजले बडा दसैंको अवसरमा मठमन्दिरमा नाचिने सराय नाचका लागि गाउँपालिका भित्रका विभिन्न ४ वटा मन्दिरका लागि खुडा सहयोग गरेको हो ।जिल्लाको मैलिक नाच लाई संमरक्षणमा टेवा पुगोस भनेर आधुनीक परिवेशमा आधुनिक सामग्री प्रयोग होस भनेर आवश्यक पर्ने खुडा हस्तान्तरण गरेको समाजकाले जनाएको छ ।समाजले छत्रदेव गाँउपालिका वडा नम्बर २ र ३ भित्र भएका चार मन्दिरहरुमा गरि ७९ थान खुडा सहयोग गरेको हो जसमध्ये बल्कोटको ठुलारुख छत्रमहाराज मन्दिरमा १५ वटा, छत्राथान मन्दिर हाइस्कुलमा १० थान, आलमदेवी मन्दिर आलीडाडा २२ थान, , र साजबोटको मालिकादेवी मन्दिरमा २२ थान, गरी जम्मा ६९ थान खुडा अलग अलग कार्यक्रम गरी हस्तान्तरण गरिएको समाजका सचिव अमित पाण्डेले जानकारी दिनुभयो ।
समाजका बिभिन्न सदस्य तथा पदाधिकारीले एक महिनामा पैसा उठाएर सो सहयोग गरेको बताइएको छ। समाजले यस् अघी पनि गाउँमा बिभिन्न तरिकाले सहयोग गर्दै आएको छ ।सराय नाच्दा यस् अघी दबदगे तथा बिभिन्न काठबाट बनाईएका प्रतिकारात्मक हतियारको प्रयोग गरेर सराय नाच्ने गरिन्थ्यो ।आधुनिक समयमा आधुनीक सामान हस्तान्तरण गरिएकाले मैलिकपन लाई थप सहयोग गर्ने उपेक्षा रहेको समाजका सचिव पाण्डेले जानकारी दिनुभयो ।
स्थानीय अगुवा तथा बिभिन्न वार्डका जनप्रतिनिधी तथा सस्थाका प्रतिनिधि र उनीहरुको परिवारका सदस्यहरुको उपस्थितीमा भएको कार्यक्रममा समाजले प्रदान गरेको खुडा मन्दिरको ब्यबस्थापन समितिलाई हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष तथा कार्यक्रम सयोजक मधुरानाले जानकारीदिनु भयो । यसै बिच खुडा हस्तान्तरण कार्यक्रममा छत्रदेब गाँउपालिका वार्ड नम्बर २ का अध्यक्ष राजेश पन्थीलेले यस् अघी पनि धेरै राम्रा काम गरेको र यो काम पनि उत्कृष्ट तरिकाले गरेकोमा सस्थालाई धन्यवाद सहित प्रशंसा गर्नुभयो । त्यस्तै छत्रदेव गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तेजप्रसाद खनालले खाडी मुलुकमा भएतापनि हरेक समयमा यो सस्थाले समाजको हितमा स्थानीय तवरमा राम्रो समन्वयब गरेर काम गरेको बताउदैँ सस्थाका काम अन्य सस्थाका लागि पनि प्रेरणा भएको बताउदै थप सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
खुडा हस्तान्तरण कार्यक्रममा मन्दिर ब्याबस्थापन समिति, समाजका अग्रज ब्याकतित्व तथा सस्थाबाट अध्यक्ष दिनामणी पाण्डे, उपाध्यक्ष इन्दिरा पराजुली, कोषाध्यक्ष मधु राना, सदस्य राजन पाण्डे , धिरन सुनार ,भानु खनाल, आर्यन पाण्डे, लगायत अन्य सदस्य तथा पदाधिकारीका परिवारका ससस्य समेतको उपस्थिती रहेको थियो।
कमेन्ट गर्नुहोस !