बाढी र पहिरोपीडितका लागि चाँडै राहतको व्यवस्था गर्नेःप्रधानमन्त्री देउवा

काठमाण्डौं। सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरोपीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन् ।यस्तै देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि गृहजिल्लाका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले पीडितहरूको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने आश्वासन पनि दिएका छन्।सुदूरपश्चिममा यसै साता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा प्रभावित जिल्ला पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याका राखेका थिए ।
कमेन्ट गर्नुहोस !