नेपाली जनताको भावना अनुसार १४ औं महाधिवेशनबाट नेतृत्व आउछः सचेतक निर्मला क्षेत्री

अर्घाखाँची ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताएकी छन् । कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा नेपाली कांग्रेस छत्रदेब गाउपालिका वार्ड १ र ४ मा आज आयोजित भेटघाट कार्यक्रममा क्षेत्रीले नेपाली जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको अहम् भुमीका बताउँदै सबै जिम्मेवार भएर अगाडि बढनुपर्ने आवश्यकता रहेको बताईन् ।

महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य, एकता र सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै क्षेत्रीले महाधिवेशनबाट चुनिएको नेतृत्वले आगामी निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने ठोकुवा गरिन् । चुनावी अभियानको क्रममा सचेतक क्षेत्रीले अर्घाखाँची जिल्लाका सबै तहहरुमा सर्बसहमति बनायर देशकै नमुना जिल्लाको रुपमा चिनाउन सबै नेता र कार्यकर्ताको पहल आबस्यक रहेको बताइन् । यसै क्रममा क्षेत्रीले आफु पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला महिला तर्फ रहेको बताइन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close