अर्घाखाँचीमा १३ वर्षिय बालिका सुक्रबार देखि हराइन

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराकी १३ वर्ष कि साबित्रा पोख्रेल हराएकी छन्।सुक्रबारदेखि बालिका हराइकीले परिवारजनले खोजी गरिदिन सबै क्षेत्रमा आग्रह गरेको बुबा बाबुराम पोख्रेलको भनाइ छ ।गहुगोरो उचाइ अन्दाजी ४ फिट भइकी पोख्रेल हाल शारदा मावि ढिकुरामा अध्यनरत थिइन ।
सुक्रबार दिउँसो करीब २ बजे साथीको मा किताब छोड्न जान्छु भनी हिंडेकी र हाल सम्म सम्पर्कमा नआएको परिवार श्रोतको भनाइ छ । फेला पार्ने व्यक्तीले नजिकैको प्रहरी चौकी अथवा जिल्ल प्रहरी कार्यालय अर्घाखाँचीको सम्पर्क नम्बर ०७७४२०१०० नम्बरमा सम्पर्क गर्न सकिने छ ।
कमेन्ट गर्नुहोस !