अर्घाखाँचीमा एकै दिन ७५ जना कोरोना मुक्त,११ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना मुक्त भएका छन ।सन्धिखर्क नगरपालिकामा ४२ जना,भुमिकास्थान नगरपालिकामा १४ जना,शितगंगा नगरपालिकामा ७ जना,मालारानी गाउँपालिकामा ५ जना,पाणिनी गाउँपालिकामा ५ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ७५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन ।

योसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ६ सय७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना पुष्टि भएको छ । सन्धिखर्क नगरपालिमा ९ जना,मालारानी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ११ जनाम कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ४४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ९३ पुगेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८० रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close