अर्घाखाँचीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा २० जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ३ जना गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३७ सय १० पुगेको छ ।यस्तै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २८ सय ७६ पुगेको छ । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै कोरोना संक्रमण बाट हाल सम्म जिल्लाभरमा मृत्यु हुनेको संख्या ७७ रहेको छ ।
कमेन्ट गर्नुहोस !