शहीद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने

काठमाण्डौ ।असोजदेखि कात्तिकका लागि सारिएको शहीद स्मारक एु डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने छ।
परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ। ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो। सोही छलफलबाट सहभागि क्लब लिग खेल्न सहमति भएको जनाएको हो।एन्फाले यस पटक पुरस्कार राशि बढाएर ७५ लाख रुपैयाँ पुर्याएको हो । यसअघिको सिजनमा विजेताले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !