अर्घाखाँचीमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३३ जना ,भुमिकास्थान नगरपालिकामा १ जना शितगंगा नगरपालिकामा १२ जना ,मालारानी गाउँपालिकामा ३ जना ,पाणिनी गाउँपालिकामा ३५ जना र छत्रदेव गाउँपालिकामा ८ जना गरि ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लाभरमा हाल सम्म संक्रमित हुनेको संख्या ३२ सय ५१ पुगेको छ ।यस्तै हाल सम्म जिल्लाभर बाट कोरोना मुक्त हुनेको संख्या २६ सय९७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ८३ पुगेको छ ।यस्तै कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ७१ रहेको छ ।
कमेन्ट गर्नुहोस !