अर्घाखाँचीको भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापाको पद जोखिममा

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाको पद जोखिममा परेको छ । नेकपा माओवादी केन्द्रको सिफारीसमा २०७४ सालमा चुनाव जित्नुभएका थापाको आज बसेको नेकपा माओवादी केन्द्रले दल त्याग गरेर नेकपा विभाजनपछि एमाले रोजेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको जानकारीमा यो नाम सहित जिल्ला बाट केही वडा अध्यक्ष, लगायतका जनप्रतिनिधिको नाम समावेश हुन सक्ने बताइएको छ ।
सर्वेच्च अदालको फैसला पछि पुरानै अवस्थामा पार्टीका सम्पुर्ण गतिविधी भएको भन्दै नेकपा माओवादी केन्द्र अर्घाखाँचीले गत वैशाख २४ गते नेकपा माओवादी केन्द्र जिल्ला संयोजक ठाकुर कुमार वि.क( किशोर)ले पत्र बाट लिखित स्पष्टीकरण सोधनुभएको थियो ।यस बारे थप प्रष्ट केही दिनमा निर्वाचन आयोगले जानकारी गराउने छ ।२०७५ जेष्ठ ३मा नेकपा एमाले र माओवादी केन्द्र मिली बनेको नेकपा लाई २०७७ फागुन २३ मा अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा पुराएको थियो ।
वैशाख २४ गते माओवादी केन्द्र अर्घाखाँचीले यसरी पत्र पठाएको थियो ।
कमेन्ट गर्नुहोस !