थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि ,एकै दिन ८ हजार बढीले कोरोना जिते

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार तीन सय ५७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ८ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने सात सय ४८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ३ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना निको हुँदा संक्रमणमुक्त हुनेको संख्यामा पनि वृद्धि भएको छ ।गएको पछिल्लो २४ घण्टामा कोरोनाका कारण १सय २९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !