एमाले जिल्ला कमिटी अर्घाखाँचीद्धारा चौहानसहित ३ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय

सबैको सन्देश।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले पार्टी विरोधी गतिविधी गरेको भन्दै पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेतालाई कारवाही गर्ने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीका अध्यक्ष चेतनारायण आचार्यको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा माधव खनाल पक्षीय समानान्तर कमिटीका जिल्ला अध्यक्ष तथा पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका नेता रामबहादुर चौहान, संविधानसभाका तत्कालिन सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा त्यसैगरी पार्टी संगठित सदस्य सिद्धि प्रसाद भुसाललाई पार्टी विधानको धारा ४९ (ख) अनुसार पार्टी संगठित सदस्यता समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

May be an image of text

कारवाहीमा परेका नेताहरुको प्रतिक्रिया आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close