एमालेको निर्णय अनुशासन उल्लंघन गरे कारबाही गर्ने

काठमाण्डौं ।नेकपा एमालेको संसदीय दलको बैठकले अनुशासन उल्लंघन गर्ने सांसद्लाई कारबाही गर्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले २७ जना सांसद् रहने संसदीय बोर्ड गठन गरेको हो ।बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन समेत दिएको छ । साथै सोहि निर्णय नमाने कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको सांसद् महेश बस्नेतले जानकारी दिनुभयो ।बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ ।
कमेन्ट गर्नुहोस !