कागति खेतीको बारेमा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका रहेको गोढमुन्ने बागवानी पशुपापालन कृषि फर्मको आयोजनामा स्थानीय तहका कृषि प्राविधिक र सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्रमा सम्पन्न भएको छ ।विशेष गरि कागति खेतीको बारेमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले किसानले उत्पादन गरेको कागति पहिले कुन नामको हो र कस्तो हावा पानीमा कागतिको उत्पादन राम्रो हुन्छ भने विषयमा कृषक लाई पहिला प्राविधिक सहयोगको आवश्यतका हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथी रहनुभएका डा.राजेन्द्र देवकोटा अर्घाखाँचीमा कागति खेतीको ठुलो सम्भावना रहेको बताउदै स्थानीय सरकार ,प्रदेश सरकाले यो क्षेत्रमा लगानी गर्दा बास्तवीक कृषकको पँहिचान गरि अनुदान दिनु पर्ने तथा व्यक्तीगत लगानीमा संचालनमा आएका कृषि फर्म लाई कृषि स्थानीय सरकार वा कृषि ज्ञान केन्द्र बाट नियमित प्राविधिको सहयोगको आवश्यकता रहेको बताउनुभएको हो ।यस्तै जिल्लाको छत्रदेव गाउँपालिका मा धुव्रराज पन्थी लगायतको टिम बाट १ सय रोपनी क्षेत्रमा ३ हजार कागतिका विरुवा लगाएर जिल्ला लाई कागतिमा आत्मनिभर बनाउने कार्यमा लागेमा धन्यावाद दिनुभएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्रमुख घनश्याम चौधरी, कृषि ज्ञानकेन्द्र का सुचना अधिकारी महेन्द्र ओझा सन्धिखर्कका ६ का वडा अध्यक्ष कृष्ण आचार्य लगायतले कागति खेतीका बारेमा मन्तव्य राख्नुभएको कार्यक्रममा स्थानीयतहका कृषि शाखाका  प्रमुख, संचारक्रमीको सहभागीतामा भएको कार्यक्रम गोढमुन्ने बागवानी पशुपापालन कृषि फर्म छत्रदेवका संचालक अध्यक्ष धुव्रराज पन्थीको अध्यक्षता सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close