अर्घाखाँचीको टारीमा फोर्स गाडी दुर्घटना २ को मृत्यु ,२४ घाइते

सागर महत,असोज १३अर्घाखाँची ।
अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।बुटवलबाट पुर्कोटका लागि छुटेका लु १ ज ४७२४ नम्बरको गाडी सन्धिखर्क नगरपालिका ९ टारिमा आज बिहान ३ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएका छ । मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका ६ का १० वर्षिय अरुणा थापा र मदाने ७ गुल्मी कै १३ वर्षिय नारायण पौड्ेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिनुभयो । १४ जनाको सिट क्षमता रहेको गाडीमा २६ जना राखेको भेटिएको उहाँको भनाई छ ।
यस्तै दुर्घटनामा २४ जना घाइते भएका छन । घाइते मध्ये २ जनालाई बुटवल रिफर गरिएको छ । अन्यको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी झलक शर्माको भनाई छ । गाडी सडकदेखि २७ मिटर तल खसेको हो ।घाइते मध्ये ८ जना बालबालिका रहेका छन ।
कमेन्ट गर्नुहोस !