अर्घाखाँचीमा ट्रक दुर्घटना ३ घाईते,चालक पक्राउ

सागर महत ,असोज ४ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका ६ मा मालवाहक ट्रक दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।
लु १ क ४७०३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा ट्रकमा सवार शितगंगा २ का २७ बर्षिय जिवन आले ,शितगंगा ३ का २१ बर्षिय विवेक बिक घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाईते आले र बिकलाई प्राथमिक स्वास्थ केन्द्र ठाडामा प्राथमिक उपचारपछि थप उपचारको लागी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो । सामन्य घाइते ट्रक चालक शितगंगा ३ का २४ बर्षिय ईश्वरी भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शितगंगा ३ ठाडाबाट किराना खाध्यान्न बोकेर कल्लेरी तर्फ जाँदै गर्दा शितगंगा ६ स्थित करमखोला बाट सडकबाट करिव २० मिटर तल खसको हो ।दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस !