सन्धिखर्कमा बृहत रक्तदान कार्यक्रम हुँदै

सन्धिखर्क ,भदौं ०४ ।ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय अर्घाखाँचीको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । यहि भाद्र ८ गते सन्धिखर्क शाखामा रहेको ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय एव राजयोग प्रशिक्षण केन्द्र नेपाल सन्धिखर्क शाखामा कार्यक्रम आयोजना गरिएको अभियान क्रमी तथा कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिनुभयो।
रक्तदान गरौं जीवन बचाऔं,सहयोगको भावना सबैमा जगाऔं भन्ने नारा तय भएको छ ।विशेष गरि अन्तराष्ट्रिय मुख्य प्रशासिका आदरणीय डा. दादी प्रकाशमणी को १८ औं स्मृति दिवस,विश्व बन्धुत्व दिवस २५ अगस्तको अवसरमा ४ दिवसीय रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अभियानमा सहभागी हुन आग्रह गरिएको छ । समय बिहान ८ बजेदेखि रहेको छ।साथै यो अभियान सफल पार्न आम अर्घाखाँची बासीलाई समेत अनुरोध गरिएको छ।
कमेन्ट गर्नुहोस !