गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको नयाँ नेतृत्व चयन,अध्यक्षमा भुसाल

श्याम घिमिरे,साउन १०अर्घाखाँची ।
गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको दोस्रो भेला सन्धिखर्कमा सम्पन्न भएको छ । सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ्ग स्कुलको सभाहलमा सनिवार सम्पन्न भेलाले टिका माया शर्मा भुसालको अध्यक्षतामा १५ सदस्यीय गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको गठन गरेको हो । जसको उपाध्यक्ष, सचिब,कोषाध्यक्ष र सह–सचिवमा क्रमशः तुल्सी पन्थी,बिशाल खनाल,कमल प्रसाद खनाल र रामप्रसाद पन्थी निर्वाचित रहनुभएको छ । यस्तै समितिको सदस्यहरुमा बोम बहादुर घम,गुणानिधि खनाल,माया खनाल,रिचा घिमिरे, ढकल पन्थी, रविन्द्र खनाल, प्रदिप परियार,सपना पन्थी,जानका खनाल र शारदा पन्थी रहनुभएको छ ।

भेलाले समाजका संस्थापक अध्यक्ष श्याम प्रसाद घिमिरे संरक्षक रहनेगरी रेमबहादुर घ।म,कृष्ण प्रसाद खनाल, कमल प्रसाद घिमिरे पदम क्षेत्री, टोपलाल खनाल,खिमानन्द खनाल,ठाकुर प्रसाद खनाल, दुर्गा बहादुर पुन र फन बहादुर पुनलाइ सल्लाहकार समितिमा चयन गरेको छ ।

जिल्लाको मालारानी गाउँपालीका वडानं।९,गोखुङ्गामा जन्म भई हाल सन्धिखर्कमा बसाईसराई गरेका र बिभिन्न पेसा व्यवसायमा आवद्ध भएका व्यक्ति र परिवारलाइ एउटै छानामुनि आवद्ध गरी सामाजिक एकता सुदृढ गर्ने, एक आपसमा सुःख दुःखको सारथी बन्ने तथा संस्कृति र पहिचान प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले समाजको स्थापना गरिएको समाजका संथापक अध्यक्ष श्याम प्रसाद घिमिरेले बताउनुभयो । सबैलाई एकिकृतगरी एकआपसमा सामाजीक उत्तरदायित्व र जिम्मेवारी बोध गराई सामुहिक हितको लागी समाजले कामगर्ने घिमिरेको भनाइ छ ।

समाजका संस्थापक अध्यक्ष घिमिरेको अध्यक्षता, सहसचिव कमल खनालको स्वागत मन्तब्य र सचिव बिशाल खनालकोे सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकारद्धय कमल प्रसाद घिमिरे र पदम क्षेत्रीले नबगठित समितिलाई बधाई सहित शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो । शुभकामना दिदै उहाँहरुले समाजलाई सुःख दुःखको सारथी बनाउनुपर्नेमा जोड दिदै समाजमा गोलवन्द हुन सबैलाइ आव्हान समेत गर्नुभएको थियो ।

बि स २०७३ सालमा गठित समाजमा हाल दुईसय भन्दा धेरै सदस्यहरु आवद्ध रहेको समाजले जनाएको छ । भेलाले आगामी कार्यक्रमहरुको बारेमापनि छलफलगरी निर्णय गरेको समाजका सचिव बिशाल खनालले जानकारी दिनुभयो । समाजलाइ क्रियाशिल रुपमा अगाडी बढाउने नवनिर्वाचित अध्यक्ष भुसालले प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close