गाउँमा जनताले सास्ती भोगेको भन्दै कांग्रेस अर्घाखाँचीले बाँदर लखेट्न आग्रह गर्‍यो

अर्घाखाँची,०३।नेपाली कांग्रेस अर्घाखाँचीले बाँदर, बँदेल लगायतका जनावरले किसानले लगाएको बालिनाली नोक्सान गरेपछी समस्या समाधान गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको छ । जिल्ला सभापती केशव श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले गाउँमा बस्न र बाली जोगाउनै मुस्किल भएको भन्दै प्रशासनलाई यस विषयमा जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

जनावरले सास्ती दिंदा गाउँमा मान्छे बस्ने अवस्था नभएको भन्दै यसको समधान तत्काल निकाल्न आग्रह गर्नुभयो ।गाउँका मानिसलाई अहिले जगंली जनावरले गर्दा बाली नाली जोगाउनको लागि समयमै खाना र सुत्नको लागि समेत समय राम्रो संग नपाएको सभापति श्रेष्ठले बताउनुभयो ।

जवाफमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले आफुले तत्काल सुरक्षा समितिको बैठक डाकेर समाधान निकाल्ने प्रयास गर्ने बताउनु भयो । कानुनको परिधी भित्र रहेर निकास निकाल्ने उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close