अर्घाखाँचीमा एक वर्षमा आत्महत्या गरेर मृत्यु हुनेको संख्या ५० पुग्योःमल्ल

सागर महत,साउन ०१ अर्घाखाँची ।
अर्घाखाँचीमा एक वर्षमा आत्म हत्या गरेर मृत्यु हुनेको संख्या ५० पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा झुन्डिएर ४९ र विष सेवनबाट १ जना गरि ५० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक चक्र बहादुर मल्लले बार्षिक गतिविधि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनबाट जानकारी दिनुभएको हो ।

आत्म गर्ने उमेर समुह १९ वर्षदेखि ३० वर्ष सम्मका २५ जना,३६ वर्षदेखि ४६ वर्ष सम्मका १९ र ६० वर्ष भन्दा माथीका ६ जना रहेको उहाँको भनाई छ ।आत्महत्या प्राय अशिक्षा, गरिबी, सामाजिक संजालको बढ्दो प्रयोग ,वैदेशिक रोजगारी मानसिक रोग, प्रेममा असफलता जस्ता आत्महत्यका कारण रहेको प्रहरी नायब उपरिक्षक मल्लको भनाई छ ।यस्तै विभिन्न मुद्वामा ३१ जना फरार प्रतिवादी पक्राउ गरि कारागार चलान गरिएको छ ।उनिहरुलाई २ वर्षदेखि २२ वर्ष सम्मको मुद्वा रहेको छ ।१७ फरार प्रतिवादी पक्राउ गर्ने लक्ष्य रहेकोमा ३१ जनालाई पक्राउ गर्न सफल भएको उहाँको दाबी छ ।


३हजार ६८ सवारी कारवाहीबाट ४२लाख २८ हजार राजेश्व संकलन भएको हो ।यता बाल विवाह,जुवा,ज्यान मार्ने उद्योग ,ठगी ,लागु औषक ,चोरी जस्ता १६४ वटा मुद्वा दर्ता भएकोमा ६४ वटा फर्छेाट भएका छन ।
पहिरो ,हावा हुरी, आगलागीबाट ५९ घर र ३३वटा गोठमा क्षति भएको छ ।३२ चौपायाको मृत्यु भएको छ भने ३३ घाइते भएका छन ।१९सय ३१ ठाँउमा जनचेतना मुलक कार्यक्रमबाट ३५हजार ६सय ७१ जना लाभान्वित भएका छन ।यस्तै सडकमा चालक तथा सहचालकको आँखा परिक्षण शिविर,मुख्य सडकमा सचेतना मुलक बोर्डहरु राखिएको समेत जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close