वन स्रोतको संरक्षण गर्न सबै एक जुट हुन जरुरी छ:श्रेष्ठ

सागर महत जेठ२३,अर्घाखाँची ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना र सव-डिभिजन वन कार्यालय शितगंगाको समन्वयमा स्थानीय तहबीच वन स्रोतको संरक्षण, व्यवस्थापन तथा दिगो विकासका विषयमा आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन समन्वय बैठक सम्पन्न भएको छ।
शितगंगा नगरपालिका वडा नम्बर ८,९,१०,११,१२,१३र १४वडा भित्र रहेका सामुदायिक वनका पदाधिकारी र जनप्रतिनिधिको सहभागितामा कपिलवस्तुमा बैठक सम्पन्न भएको डिभिजन वन कार्यालय अर्घाखाँची का सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
उक्त बैठकमा दुवै निकायका प्रतिनिधिहरूको उपस्थितिमा वन क्षेत्रको संरक्षण, अवैध कटानी नियन्त्रण, वनजन्य स्रोतको दिगो उपयोग, सामुदायिक वनसँगको सहकार्य, वन पैदावारको व्यवस्थापन र वातावरण संरक्षण सम्बन्धी विषयमा विस्तृत छलफल भएको श्रेष्ठको भनाइ छ।
बैठकमा आगामी दिनमा अझ प्रभावकारी सहकार्य गर्ने, सूचनाको आदानप्रदान बढाउने र संयुक्त अनुगमन तथा योजना निर्माणमा सहकार्य विषयमा सुझाव सकल गरिएको हो।शितगंगा नगरपालिका भित्र ५२वटा सामुदायिक वन रहेका छ्न।
शितगंगा नगरपालिका शव डिभिजन वन कार्यालयका प्रमुख चन्द्र भाट लगायतले सहजीकरण गरेको कार्यक्रम डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशव खड्काको संचालनमा सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस !