लगइन एजुकेशन वुटवलमा कानुन पढ्न चाहने बिद्यार्थीहरुलाइ अभिमुखिकरण कार्यक्रम संचालन

रुपन्देही ।लगइन एजुकेशन वुटवलले स्नातक तह कानुन पढ्न चाहने बिद्यार्थीहरुलाइ अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।
स्नातक तह कानुन पढ्न चाहने बिद्यार्थीहरुलाइ B.A LL.B तयारी अभिमुखिकरण कार्यक्रम शनिवार वुटवल ३ गोलपार्क मा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्क प्रा.लि मा B.A LL.B तयारी गर्न इच्छुक विद्यार्थीहरुलाइ मध्यनजर गदै बिभन्न कानुनि क्षेत्रमा कार्यरत व्यक्तित्वहरुबाट उक्त B.A LL.B Entrance Preparation अभिमुखिकरण कक्षा सम्पन गरिएको छ ।कार्यक्रममा उच्च अदालत तुलसिपुर वुटवल इजलासमा कार्यरत शाखा अधिकृत बसन्त राज ढुंगाना, अधिवक्ता तथा प्रध्यापक दामोदर घिमिरे, अधिवक्ता अनुप पोखरेल,कानुन अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम गरिएको लगइन एजुकेशनका सञ्चालक अर्जुन खनालले जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रमा ५० भन्दा बढि विद्यार्थीहरुको उपस्थिति रहेको थियो । B.A LL.B Entrance Preparation को तयारीमा बसेका विद्यार्थीहरुको माग अनुरुप कार्यक्रम गरीएको उहाँको भनाइ छ।यस्तै जेठ ११ गते देखि निरन्तर रुपमा कक्षा सञ्चालन हुने खनालले बताउनुभयो ।कर्यक्रमको सञ्चालन एवं समापन Motivational Speaker गणेश भण्डारीले गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !