अर्घाखाँचीमा कैदीहरुलाई योग ध्यान अभ्यासको प्रशिक्षण

सन्धिखर्क । अर्घाखाँची कारागार बन्दीगृहमा रहेका कैदीहरुलाई ५ दिने योग अभ्यासको प्रशिक्षण गरिएको छ ।
कारागारमा रहेका ८० जना कैदीहरुलाई योग ध्यान अभ्यासको प्रशिक्षण गरिएको हो । सन्धिखर्क नगरपालिकाको आयोजना तथा अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको समन्वयमा योग ध्यान अभ्यासको प्रशिक्षण गरिएको छ।
शारीरिक तथा मानसिक समस्याबाट छुटकारा दिलाउन शारीरिक व्यायाम चाहिने भएकाले पनि योग मानव जिवनमा अति आवश्यक हुन्छ । ‘योग पनि एउटा व्यायाम हो । यसले तनमन दुवैलाई फाइदा गर्छ ।’कार्यक्रममा बोल्ने बक्ता सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराई ,योग गुरु कृष्ण बर्माले यस्तो बताउनुभएको हो।
यस्तै आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचमा यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने जनाएको छ।
कमेन्ट गर्नुहोस !