युक्रेनको शहर सुमीमा रुसी आक्रमणबाट ३४ जनाको मृत्यु

एजेन्सी ,वैशाख ०१।युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणमा ३४ जनाले ज्यान गुमाएका छन् । आक्रमणमा १५ बालबालिकासहित ११७ जना घाइते भएका युक्रेनको राज्य आपतकालीन सेवाले जानकारी दिएको छ ।

सर्वसाधारण चर्चमा भेला भएका बेला आक्रमण भएको बीबीसीले जनाएको छ । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलाँगले रुसको आक्रमणले सबै सीमा नाघेको भन्दै रुसको गलत कार्य भएको टिप्पणी गर्नुभएको छ ।

रुसको लगातारको आक्रमणमा युक्रेनले ठूलो मात्रामा जनधनको क्षति बेहोर्नु परिरहेकोले अमेरिकाले दुई दशेबीचको युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको उहाँको भनाइ छ ।

आक्रमणको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा रुसले भयानक आक्रमण गरेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले अब विश्व समुदाय चुप लागेर बस्न नहुने र युद्ध अन्त्य गर्न रूसलाई दबाब दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close