मालारानीमा जण्डीसका कारण मृत्यु भएका परिवारलाई ६लाख बढी आर्थिक सहयोग हस्तान्तरण

मालारानी,चैत्र ३१ ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ९मा जण्डीस का कारण उपचारको क्रममा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

सामाजिक संजालबाट उठाएको रकम मृतक कमल बहादुर नेपालीको परिवारलाई हस्तान्तरण गरिएको छ । आर्थिक संकलन कर्ता तिलकराम भुसालको पहलमा सकलन भएको ६ लाख १०हजार नौ सय १५ रुपँया वडा अध्यक्ष महेन्द्र बाबु खनालको सहभागीतामा मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

यो रकमले मृतक कमल बहादुर नेपालीको परिवारलाई दैनिकी चलाउन केहि भएपनि सहज हुने वडा अध्यक्ष खनालको भनाइ छ ।यस्तै आर्थिक संकलनको क्रममा २सय ६३ जनाले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close