ऐरावतीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

प्युठान ।ऐरावती गाँउपालिका वार्ड नं ३ मा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । ऐरावती गाँउपालिका,हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्युठानको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता विकास परीयोजना अन्र्तरगत वार्ड नं ३ को तालपोखरामा निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको प्राविधिक संयोजक खिमराज श्रेष्ठले जानकारी दिनुभयो ।

वार्ड नं३ का तालपोखरा,अर्झाम,निनिखर्क,दिप,कमिरे,उपल्लो अर्झाम लगायतका स्थानका सेवाग्राहिले उक्त शिविरबाट सेवा लिएको वार्ड अध्यक्ष पदम बहादुर जिसी ले जानकारी दिनुभयो ।शिविरमा पशु बस्तुमा हुने बिभिन्न रोग बिरुद्धका औषधि निशुल्क वितरण,पशु पालन सम्बन्धि प्राविधिक ज्ञान,खसि बनाउने,विरामि पशुको उपचार लगायतका सेवा प्रदान गरीएको थियो ।कार्यक्रममा वार्ड अध्यक्ष पदम बहादुर जिसी, वार्ड सचिव लिलामणि सुनार,वडा कार्यलयमा कार्यरत पशु प्राविधिक रचना डंगौरा,ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता विनोद कंडेल लगायत परीयोजनामा कार्यरत प्राविधिक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close