गुरुकुल शिक्षा संचालन गर्न मथुरामा श्रीमतदेविभागवत संचालन

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा गुरुकुल शिक्षा संचालन र गौं संमरक्षण गर्नको लागि श्रीमतदेविभागवत एवं शतचंण्डी महायज्ञ संचालन गरिएको छ ।
जसअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा पर्ने गोपेश्वर पिठ मथुराधाममा संचालन गरिएको छ ।
विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुने पनि गरेका छन । त्यसलाई मध्यनजर गर्दै शतचंण्डी महायज्ञ संचालन गरिएको गोपेश्वर पिठ मथुराधामका कोषाध्यक्ष मुक्तीराम भण्डारीले जानकारी दिनुभयो ।
यसबाट उठेको रकमबाट गुरुकुल संचालन र गैं संमरक्षण गर्ने नै उदेश्य रहेको उहाँको भनाइ छ ।पछिल्लो समय गाईगोरु पाल्ने प्रचलन हराउँदै गएको छ ।त्यसको पनि सरक्षण गरिने छ ।चैत्र २५ गते सम्म संचालन हुने श्रीमतदेविभागवत एवं शतचंण्डी महायज्ञमा धर्मशास्त्रपुराणाचार्य पंण्डित गोकुल पौडेलले कथा प्रवचन गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस !