सन्धिखर्कमा आजदेखि भलिबल प्रतियोगिता सुरु,लुम्बिनीका ११ जिल्लाका खेलाडी सहभागी

सन्धिखर्क ।लुम्बिनी प्रदेशकोे आयोजनामा अर्घाखाँचीमा आजदेखि भलिबल प्रतियोगिता सुरु भएको छ ।सन्धिखर्कको टुँडिखेल मैदानमा मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा प्रदेशका ११ जिल्लाका खेलाडीको सहभागीता रहेको छ भने बाँके जिल्लाका खेलाडी सहभागी भएका छैन ।आज भएका पहिलो चरणका तिन खेलमा रोल्पा र बर्दिया बिच भएको खेलमा रोल्पा विजयी भएको छ ।नवलपरासी र प्युठानको खेलमा नवलपरासी विजयी भएको छ । पाल्पा र दाङ बिच भएको खेलमा पाल्पा विजयी भएको हो ।अर्घाखाँची र कपिलबस्तु बिच भएको खेलमा अर्घाखाँची विजयी भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १लाख ,दृतिय पुरस्कार ६५ हजार तृतिय पुरस्कार ३५ हजार ,सान्त्वना १५हजार साथमा मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।सर्वोत्कृष्ट खेलाडीलाई १० हजार ,उत्कृष्ट ६ बिधाहरुलाइ ५ हजार पुरस्कार मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !