म जनताको सेवा गर्न आएको हुँःमन्त्री राणा

प्युठान ।लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आज सामाजीक संजालमा आफ्नै भनाइ राख्दै जनताको विकास गर्न जनता सामु रहेको बताएका छन ।
सामाजिक संजालमा उनको भनाइ
गत निर्वाचनमा प्युठानकाे विकास यस पटक, यसै पटक भन्ने उदघाेषका साथ चुनावमा हाेमीदा यहाँहरुकाे साथ समर्थनले प्रदेश सभा १ (ख) काे निर्वाचनमा सफल भएको र वर्तमानमा लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्व गर्दै शहरी विकास तथा खानेपानी मन्त्रालयकाे जिम्मेवारीमा रहेकाे छु ।मेरो पहिलो एजेन्डा प्युठानकाे समग्र विकास हाे, जाे जसले मलाई यो यात्रामा विचलित गराउन
प्रयत्न गरेपनि म रत्तिभर विचलित नहुने र विकास गरेरै देखाउने वाचा पुनः दाेहाेर्याउन चाहान्छु ।अघिल्लो पटक सरकारमा उद्योग तथा यातायात मन्त्री रहँदा मन्त्री परिषदबाट बाग्दुला-बाहाने-स्याउलीबाङ सडकको लागि ४२ करोड स्वीकृत गराएर अहिले १३ करोडको काम भइरहेको छ । २ दिन अघि मात्र त्यहाँ स्थलगत अनुगमन गरि अप्ठ्यारो पहिरो फाेर्न लगानी सहजिकरण गर्ने प्रतिवद्धता गरेको छु ।
प्युठानकाे बाग्दुला देखि मच्छि सम्मकाे सडक बहुदल आउनु भन्दा पनि अगाडि देखि सञ्चालनमा आएको सडक हाे । तर अहिलेसम्म कसैको खास ध्यान त्यता नपुगेको गुनासो निर्वाचनका क्रममा झिमरुक र गाैमुखी बासीले गर्नुभएको थियो । प्युठान नगरपालिकाका २, झिम्रुक गाउँपालिकाका ८ र गाैमुखी गाउँपालिकाका ७ गरि १७ वडा, अर्घाखाँची, गुल्मी र बाग्लुङसम्म सहज यातायात प्रवाह गर्ने उक्त सडक निर्माण प्रतिवद्धता अनुसार हाम्रो पदयात्रा पछि प्रदेश सरकारले ५ कराेडकाे बहुबर्षिय याेजना स्वीकृत गरिसकेको छ भने केही दिन भित्र टेन्डर प्रक्रियामा जाँदै छ ।
त्यस बाहेक आगामी आर्थिक वर्ष २०८२/०८३ काे बजेटमा लुम्बिनी प्रदेश सरकारले त्यो सडक कालाेपत्रे गर्नका लागि आवश्यक बजेट विनियोजन गरि कार्य सम्पन्न गर्ने तर्फ लाग्ने छु ।प्युठानमा थुप्रै खानेपानीका याेजनाहरु भएर पनि बजेट अभावमा अबरुद्ध रहेकोमा आउने वर्ष अधिकांश याेजना सम्पन्न गर्ने गरि बजेट सुनिश्चितता गर्न मेरो नेतृत्वको लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्रालय प्रयत्नशील रहेको छ । जनगुनासाे सुन्ने र गुनासो नआउने गरि काम गर्ने हाम्रो प्रयत्नमा तगारो हाल्ने बाध्यता तपाईंहरुलाइ किन परेको छ, मैले बुझ्न सकेको छैन ।
मैले सुनेको थिएँ, विकासको अवरोध गर्न तम्सिने केही अगुवा हुन्छन् भन्ने । तर यसरी जिम्मेवार व्यक्ति र जनप्रतिनिधिहरु नै विकासको विरोधमा नांगे उत्रने कल्पनासम्म थिएन । यतिबेला मलाई प्युठानकाे विकासका लागि जनताले दिएको जस्तै गरि तपाईं अगुवा भन्नेहरुबाट साथ र समर्थन चाहिएको थियो । न कि ६ महिनाकाे समय ताेक्ने, अदालतबाट राेक्छाै भन्ने वा अन्य अप्रत्यक्ष अबरोधहरु ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले जनताको भराेसा जित्ने गरि काम गर्दा तपाईंहरुले पनि त्यसबाट सकारात्मक उर्जा लिने प्रयत्न गर्नुपर्नेमा सकेसम्म अबरोध र अविश्वास श्रृजना गर्न खाेज्नु दुर्भाग्य हाे । दुवै पार्टीको राजनीतिक संयन्त्र र यो संयन्त्रले देखाउने बाटो मेरालागि मार्गनिर्देशक बन्ने म पुनः स्मरण गर्न चाहान्छु ।
अन्त्यमा म पुनः प्युठानबासीहरुमा मेरो प्रण, मेरो विकास अभियान, मेरो विकास एजेन्डा कसैले जतिसुकै अबरोध गर्ने प्रयत्न गरेपनि कुनै हालतमा नराेकिने वरु थप उर्जाशिल बनेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै प्युठानकाे विकास यस पटक यसै पटक सुरु गर्ने बाचा गर्दछु ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close