रिडीमा विकृतिहरुलाई निर्मुल गर्ने उद्देश्यले आध्यात्मिक पुस्तक वितरण

गुल्मी ।पूर्णब्रह्म कबीर उपासक समाज नेपाल पाल्पाको आयोजनामा आध्यात्मिक पुस्क प्रचार गुल्मीको रिडीमा सम्पन्न भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल पवित्र धाम मानिने रिडी धाममा संत रामपालजी महाराजद्वारा लिखित पुस्तकहरुको प्रचार गरिएको हो। यस परमार्थको अभियानमा सेवा गर्नका लागी गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा र रुपन्देही जिल्लाका भक्तजनहरू सेवामा सहभागीता रहेको राजेश श्रेष्ठले बताउनुभयो ।
मेलामा धार्मिक आस्थाले आउने भएकाले वहाँहरु समक्ष शास्त्रप्रमाणित ज्ञान पुर्याउने र हिन्दु धर्मको पवित्र ग्रन्थहरुको ज्ञानको आधारमा सत्य भक्ति विधीको जानकारी दिँदै समाजमा व्याप्त सामाजिक विकृतिहरुलाई निर्मुल गर्ने उद्देश्य रहेको अनुयायीहरुले जानकारी गराएको हो।
समाजबाट हत्या, हिंसा, चोरी, ठगी, अन्धविश्वास,भ्रष्टाचार लगायत समस्त गलत कर्महरुको अन्त्य गरेर सबै प्राणीहरुलाई सुखी तथा धरतीलाई स्वर्ग बनाउने उद्देश्यले संत रामपालजी महाराजका अनुयायीहरु दिनरात लागिपरेर तत्वज्ञानको प्रचार गरिरहेको र यसमा सफलता प्राप्त भैरहेको अनुयायीहरुले बताएका छन् ।
विभिन्न ठाउँबाट आएका श्रद्धालुहरुमा आफ्नो धर्मको वास्तविक ज्ञानप्रति आध्यात्मिक चेतना जगाउन तथा हिंसा, मांसाहार,नशा, चोरी, दुराचार , भ्रस्टाचार, बलि प्रथा,आदी विकृतिलाई समाजमा जरैदेखि निर्मुल गरी मानवमा मानवता स्थापित गर्नका लागि संत रामपालजी महाराजको ज्ञान नै एकमात्र अचुक उपाय भएकोले आफुहरुले तन(मन(धनले प्रचार सेवा गरिरहेको जानकारी संत रामपालजी महाराजका अनुयायीहरुले दिएका छन् ।
श्रद्धालू मात्र नभई मेलामा आउने साधु संत र सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले पनि संत रामपालजी महाराजको पुस्तकहरु लिएका छन् ।
एक दिनमै करीब ५ हजार जति ज्ञान गंगा,जिउने मार्ग,गीता तिम्रो ज्ञान अमृत र हिन्दु धर्म महान नामक पुस्तक वितरण भैसकेको जानकारी पूर्णब्रह्म कबीर उपासक समाज, नेपाल पाल्पाका संयोजक विष्णु प्रसाद दासले बताउनुभएको छ।
कमेन्ट गर्नुहोस !